मतपत्र छपाइ प्रगतिबारे छापाखानामै पुगेर प्रधानमन्त्रीले लिइन् जानकारी

६० निर्वाचन क्षेत्रमा छपाइ सम्पन्न भएको र २५ जिल्लाका लागि प्याकिङ सकिएको छ ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister visited the printing house to inquire about the progress of ballot printing.

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी आज उनले मतपत्र छपाइबारे जानकारी लिइन् । गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित टोलीमा निर्वाचन आयोगका पदाधिकारी पनि थिए । 

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले पुस २२ देखि १० लाख ९८ हजार २ सय नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको छ । 

पुस २६ देखि समानुपातिक मतपत्र छपाइ सुरु गरी माघ १३ सम्म आवश्यक २ करोड ८ लाख ३० हजार छपाइ गरी प्याकिङ र रुजु गरिसकेको आयोगले जनाएको छ । ती मतपत्र अब ढुवानी हुनेछन् । 

यस्तै पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक २ करोड ३ लाख २३ हजार छपाइ गर्नुपर्नेमा ७२ लाख ६० हजार छपाइ भइसकेको छ । माघ १६ देखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो । 

हिमाली र केही पहाडी गरी २५ जिल्लाको लागि छपाइ तथा प्याकिङ सकिएको छ । बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रको छपाइ सकिएको आयोगले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully