नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, ३५ तोला गहना बरामद
काठमाडौँ — काठमाडौं महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उक्त व्यक्तिलाई स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा सोमबार राति करिब ११ बजे प्रहरीले गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ परेका व्यक्तिबाट हालसम्म ६५ तोला गरगहना बरामद गरिएको छ ।
प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाउन परेको थापाले कान्तिपुरलाई बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकोले प्रहरीले पक्राउ गरेका व्यक्तिको परिचय भने सार्वजनिक गरेको छैन ।
