मलद्वारमा लुकाएर सुन तस्करी, शौच गराएर निकालियो

शौच गराउँदा धातुको डल्लो एउटा भेटियो, त्यसको तौल प्लास्टिकसहित १०० ग्राम थियो : प्रहरी

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Gold smuggled hidden in anus, removed by defecation

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई शौचालयमा लगेर शौच गर्न लगाइएको थियो ।

'शौच गराउँदा धातुको डल्ला एउटा भेटियो, त्यसको तौल प्लास्टिकसहित १०० ग्राम थियो,' सिलवालले भने । उनलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully