त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र डस्टबिनबाट सुन निकाल्दै गरेका एक कर्मचारी पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

An employee was arrested for removing gold from a dustbin inside Tribhuvan International Airport.

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र डस्टबिनबाट सुन निकालेर लैजाँदै गरेका एक कर्मचारी पक्राउ परेका छन्। पक्राउ परेका डिकबहादुर राउत विमानस्थलभित्र सरसफाइको काममा संलग्न थिए।

मंगलबार बिहान साढे सात बजेतिर ती कर्मचारीलाई डस्टबिनमा फोहोर जम्मा गरिएको प्लास्टिकको थैलोबाट सुन निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार पक्राउ पर्ने व्यक्ति सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा काम गर्ने कर्मचारी हुन्। उनी ४ दशमलव ४ ग्राम सुनसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए। ती कर्मचारीले उक्त सुन डस्टबिनमा भएको सूचना कसरी पाए र उक्त सुनको स्रोत के थियो भन्ने प्रश्न उब्जिएको छ।

पक्राउ परेका कर्मचारीलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार विभागमा जिम्मा लगाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully