दुबईबाट भन्सार छलेर ल्याएको आइफोन र ल्यापटपसहित २ महिला पक्राउ

भन्सार छलेर ल्यापटप र मोबाइल लैजान लागेको आरोपमा दुई जना महिला पक्राउ परेका हुन् ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

2 women arrested with iPhone and laptop brought from Dubai to evade customs

काठमाडौँ — भन्सार छलेर ल्यापटप र मोबाइल लैजान लागेको आरोपमा दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भएकी २६ वर्षीय पूर्णिमा लामा तामाङ र रुपन्देही घर भएकी ३६ वर्षीय रोशनीकुमारी श्रेष्ठ छन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, पूर्णिमाको साथबाट एउटा आइफोन, दुई वटा लेनोभो ल्यापटप बरामद गरिएको छ भने श्रेष्ठको साथबाट २ वटा आइफोन र २ वटा एप्पल वाचसहित पक्राउ गरिएको छ ।

थप कारबाहीका लागि विमानस्थल भन्सार पठाइएको बताइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully