राष्ट्रपति पौडेललाई जापान सरकारबाट ‘गार्ड अफ अनर’

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन पौडेल सोमबार जापान प्रस्थान गरेका थिए ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

President Poudel receives 'Guard of Honor' from the Japanese government

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।  

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गरेका थिए ।

उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully