मतदातालाई नेता यादवको आग्रह- बाचा पूरा नगर्ने उम्मेदवारलाई कडा प्रश्न गर्नुस्

उपेन्द्र यादवले मतदातालाई भने, ‘चुनावका बेला मिठा कुरा र झूठा आश्वासन बाँडेर जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी प्रश्न सोध्नुहोला ।’

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Leader Yadav urges voters to ask tough questions to candidates who fail to fulfill their promises

सप्तरी — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतका चुनावमा झूठा आश्वासन बाँडेर जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदवारलाई कडा प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका-६ स्थित फकिरामा मंगलबार आयोजित सभामा अध्यक्ष यादवले भने, ‘चुनावका बेला मिठा कुरा र झूठा आश्वासन बाँडेर जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी प्रश्न सोध्नुहोला ।’ 

गाउँमा अस्पताल, विद्यालय, रोजगारी, पक्की सडक, सिंचाई, मलखादलगायत समस्याहरु समाधान गर्ने आश्वासन दिएर पनि केही नगर्ने त्यस्ता पार्टी र नेतालाई चिन्न उनले आग्रह गरे । सप्तरी-३ बाट उम्मेदवारी दिएका यादवले राम्रा र जिम्मेवार नेता चुन्न नसकेका कारण क्षेत्र तथा जिल्लाको विकास हुन नसकेको बताए । उनले भने, ‘अधिकार, पहिचान, स्वाभिमानसँगै विकासका लागि संघर्ष गर्ने नेता चुन्न चुक्नु हुँदैन ।’

मधेश विद्रोह कै कारण मधेशी, महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्ख्यकलगायत पछाडी परेका समुदायको हक अधिकार सुनिश्चित भएको चर्चा गर्दै उनले अब बाँकी अधिकारसँगै विकासका लागि काम गर्नुपर्ने जोड दिए । 

कान्तिपुर

Link copied successfully