सामाजिक सञ्जाल नियमन विधेयक संघीय संसद्‌बाट फिर्ता गर्न मन्त्रिपरिषद्‌को स्वीकृति

मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Cabinet approves withdrawal of Social Media Regulation Bill from Federal Parliament

काठमाडौँ — सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त विधेयक राष्ट्रिय सभामा विचाराधीन थियो । सामाजिक सञ्जाल नियमन गर्न चाहे अब कानुन बनाउन नयाँ विधेयक पेस गर्नु पर्ने हुन्छ । 

यस्तै निर्माणाधीन संसद् भवन परिसर सिंहदबारमा जेन-जी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्‍ले गरेको छ ।

कान्तिपुर

Link copied successfully