प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

परराष्ट्र सचिव अमृतबहादुर राईले काठमाडौंमा रहेका राजदूत, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएका थिए ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Information to the international community about the House of Representatives elections

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनबारे नेपालस्थित अन्तर्राष्ट्रिय कूटनीतिक निकायलाई जानकारी गराइएको छ ।  निर्वाचन आयोगका प्रवक्ता  नारायणप्रसाद भट्टराईले परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई तयारीलगायत विषयमा जानकारी गराइएको बताए । 

परराष्ट्र सचिव अमृतबहादुर राईले काठमाडौंमा रहेका राजदूत, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएका थिए ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले १५ माघमा आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौंस्थित कूटनीतिक नियोग एवम् संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरिएको छ,’ भट्टराईले भने, ‘ब्रिफिङमा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको थियो ।’

कान्तिपुर

Link copied successfully