आयोगले हटायो बन्दसूचीबाट ७६ उम्मेदवारको नाम

कानुनअनुसार उम्मेदवारीका लागि अयोग्य देखिएपछि नाम हटाएको आयोगको भनाइ छ ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

The Commission removed the names of 76 candidates from the closed list.

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ । विभिन्न दलले अयोगमा बुझाइएको बन्दसूचीबाट ती नामहरू हटाइएको हो ।

कानुनअनुसार उम्मेदवारीका लागि अयोग्य देखिएपछि उनीहरूको नाम हटाएको आयोगले जनाएको छ ।

उम्मेदवारउपर परेको उजुरी, प्रचलित कानुनबमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्थाका आधारमा समानुपातिक बन्दसूचीबाट नाम हटाएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टटराईले बताए ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान गरेका १०, २५ वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा समावेश नभएका एक, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरूष उम्मेदवार पेश भएका–१, मतदाता नामावली पिछिडिएको क्षेत्रमा नरहेका दुईको नाम हटाइएको छ  ।

यस्तै, सम्बन्धित राजनीतिक दलबाट नाम हटाउन लेखि आएका १० र एकभन्दा बढी कारण भएका दुईजनाको नाम हटाएको आयोगले जानकारी दिएको छ । 

कान्तिपुर

Link copied successfully