एसएलसीभन्दा कम शैक्षिक योग्यता भएका उम्मेदवार २ सय ५ जना

एसएलसीभन्दा कम शैक्षिक योग्यता भएका उम्मेदवार २ सय ५ जना रहँदा ७ सय ३ जना उम्मेदवारले भने एसएलसी पास गरेका छन् 

माघ १६, २०८२

कान्तिपुर संवाददाता

205 candidates with educational qualifications below SLC

What you should know

काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका २ सय ५ जनाको शैक्षिक योग्यता एसएलसीभन्दा कम रहेको पाइएको छ। 

प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता भएको थियो। कुल ३ हजार ४ सय ६ जनाले उम्मेवारी दिएका थिए। 

त्यसमध्ये २ हजार ५ सय ९ जनाले मात्रै आफ्नो शैक्षिक योग्यता खुलाएका थिए। अनि, ८ सय ९७ जना उम्मेदवारले शैक्षिक विवरण नखुलाएको निर्वाचन आयोगको तथ्यांक छ ।

कान्तिपुरले विवरण खुलाएका उम्मेदवारहरूको शैक्षिक योग्यता विश्लेषण गर्दा २ सय ५ जनाको शैक्षिक योग्यता एसएलसीभन्दा कम रहेको पाइएको हो। हाल एसएलसीलाई एसईई भन्ने गरिन्छ। 

कुनै ऐन वा कानुनले उम्मेदवारको शैक्षिक योग्यता अनिवार्य गरेको छैन । आयोगले उम्मेदवारलाई आफ्नो वैयक्तिक पृष्ठभूमि र शैक्षिक योग्यता पनि खुलाउन भनेकाले उनीहरुले उल्लेख गरेका हुन्। 

एसएलसीभन्दा कम शैक्षिक योग्यता भएका उम्मेदवार २ सय ५ जना रहँदा  ७ सय ३ जना उम्मेदवारले भने एसएलसी पास गरेका छन् । 

त्यस्तै प्रवीणता प्रमाणपत्र तह अर्थात् माध्यमिक तह पूरा गरेका उम्मेदवारहरू ६ सय १८ जना छन् भने ५ सय ६३ जनाले स्नातक अध्ययन गरेका  छन् ।

स्नातकोत्तर अध्ययन गरेका उम्मेदवारहरूको संख्या भने ३ सय २४ छ । ७ जना उम्मेदवारले मात्रै एमफिल गरेका छन् भने ५३ जना उम्मेदवारले विद्यावारिधि गरेका छन् । 

उम्मेदवारको शैक्षिक योग्यताबारेको विस्तृत स्टोरी आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। पूरा स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्। 

कान्तिपुर

Link copied successfully