दाउन्नेमा यातायात सुचारु

बिहीबार दिउँसो साढे २ बजेसम्म दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिरदेखि दुम्कीवास बजारसम्म लामो जाम थियो ।

माघ १५, २०८२

नारायण शर्मा

Traffic resumes in Daunne

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा वर्षाद्पछि राजमार्ग हिलाम्य भएर अवरुद्ध भएको सडक सुचारु भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख कुसल बर्तौलाका अनुसार राजमार्गमा जम्मा भएको हिलो सुकेपछि बिहीबार अपराह्नबाट दाउन्नेमा दोहोरो यातायात सुचारु भएको हो ।

बिहीबार दिउँसो साढे २ बजेसम्म दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिरदेखि दुम्कीवास बजारसम्म लामो जाम थियो । यहाँको झन्डै ४ किलोमिटर राजमार्ग क्षेत्रमा जाम भएको थियो । 'अहिले यातायात सुचारु भएको छ, अब कुनै समस्या छैन,' बर्तौलाले भने ।

बुधबारको सामान्य झरीका कारण राजमार्ग हिलाम्य भएपछि बाटो अवरुद्ध भएको थियो । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully