आयोगका पदाधिकारी र गृहमन्त्रीबीच भेट, आचारसंहिता परिपालना तथा अवाञ्छित गतिविधि निस्तेज गर्ने प्रतिबद्धता

निर्वाचनमा निष्पक्षता कायम राख्न गृह मन्त्रालयले आचारसंहिता पालनामा कडाइ गर्दै सुरक्षा निकायलाई पूर्ण परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Meeting between Commission officials and Home Minister, commitment to comply with code of conduct and eliminate undesirable activities

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्था, आचारसंहिताका परिपालना लगायतका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता उल्लंघनका अवाञ्छित गतिविधि निस्तेज गर्ने विषयमा छलफल केन्द्रित भएको हो।

छलफलका क्रममा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापन, आचारसंहिता परिपालना सम्बन्धमा गर्नुपर्ने अनुगमन लगायतको विषयमा चासो व्यक्त गरेका थिए । मन्त्री अर्यालले निर्वाचनका लागि सुदृढ शान्ति व्यवस्था मिलाइएको र दण्डहीनता सह्य नहुने भन्दै आचारसंहिता परिपालनाको अनुगमनमा मन्त्रालय अन्तर्गतका निकायलाई पूर्ण रुपमा परिचालन गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा गृह मन्त्रालयको तर्फबाट मन्त्री अर्यालसँगै गृह सचिव, मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख लगायतका पदाधिकारीको उपस्थिति थियो भने आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त, आयुक्त, आयोगका सचिव लगायतका पदाधिकारी पनि थिए ।

कान्तिपुर

Link copied successfully