दरबारमार्गको होटल वुडल्यान्डमा लागेको आगलागी नियन्त्रणमा

प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Fire at Hotel Woodland on Durbar Marg brought under control

काठमाडौँ — काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ

। होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । Fire at Hotel Woodland on Durbar Marg brought under control

काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीका दमकल परिचालन गरिएको छ ।

आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि खटिएका छन् ।

Fire at Hotel Woodland on Durbar Marg brought under control

 Fire at Hotel Woodland on Durbar Marg brought under control

कान्तिपुर

Link copied successfully