आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीको दमकल परिचालन गरिएको छ
काठमाडौँ — काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा आगलागी भएको छ । त्यहाँ रहेको रेस्टुरेन्टमा आगलागी भएको प्रहरीको भनाइ छ ।
काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार, आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीको दमकल परिचालन गरिएको छ ।
आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि खटिएका छन् ।
आगोलागीको कारण खुलेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
