काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार सिन्हाको निधन भएको ईशनाथकी कांग्रेस नेतृ अन्जु झाले जानकारी दिइन् ।
रौतहट — रौतहटको ईशनाथ नगरपालिका घर भएका मधेश प्रदेशसभाका पूर्वसदस्य नागेन्द्रप्रसाद सिन्हाको निधन भएको छ । ७३ वर्षीय सिन्हाको मंगलबार काठमाडौंमा उपचारकै क्रममा निधन भएको हो ।
काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मस्तिष्कमा रक्तश्रावको उपचारका क्रममा सिन्हाको निधन भएको ईशनाथकी कांग्रेस नेतृ अन्जु झाले जानकारी दिइन् ।
ईशनाथ नगरपालिका–२ घर भएका सिन्हा नेपाली कांग्रेसबाट २०७४ सालको मधेश प्रदेशसभा निर्वाचनमा रौतहट २ (१) बाट निर्वाचित भएका थिए । त्यसअघि सिन्हा साबिक औरैया गाविसको दुई कार्यकाल अध्यक्ष भएका थिए ।
पूर्व प्रदेश सांसद सिन्हाको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्थाले दुःख व्यक्त गरेका छन् ।
