गैंडाको आक्रमणबाट घाइते अशोकको उपचारका क्रममा निधन

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार माडी नगरपालिका-१ का अशोक भट्टराईको मृत्यु भएको हो ।

माघ १३, २०८२

रमेशकुमार पौडेल

Ashok, injured in rhino attack, dies during treatment

चितवन — गैंडाले आक्रमण गर्दा चितवन माडीमा एकजनाको निधन भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार माडी नगरपालिका-१ का अशोक भट्टराईको मृत्यु भएको हो । 

घाँस दाउरा गर्न गएका अशोकलाई मरोड खोला आडमा सोमबार दिउँसो तीन बजे गैंडाले आक्रमण गरेको थियो ।

आक्रमणका कारण गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा सोमबार साँझ सात बजे मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए । 

चितवन निकुञ्जको आडमा रहेको माडी बन्यजन्तुबाट बढी आक्रान्त हुने गर्दछ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully