प्रहरीले गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने कागज गराएर स्वागत नेपाललाई छाड्यो

नेपाल प्रहरीको साइबर ब्युरोले अधिवक्ता स्वागत नेपाललाई विद्युतीय अपराध ऐनविपरितको कसुर गरेको आरोपमा सोधपुछ गरेर छाडेको छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Police release Swagat Nepal after issuing a document prohibiting statements that could be interpreted as misleading

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरोले अधिवक्ता स्वागत नेपाललाई विद्युतीय अपराध ऐनविपरितको कसुर गरेको आरोपमा सोधपुछ गरेर छाडेको छ ।

चुनाव प्रचारप्रसारको क्रममा सामाजिक सञ्जालबाट ‘जसले पृथ्वीनारायण शाहको विरोध गर्छ, त्यसको टाउको काटिन्छ..’ लगायतका अभिव्यक्ति दिएकोमा त्यसबारे बुझ्न भन्दै उनलाई ब्युरोमा बोलाइएको एसपी दिपकराज अवस्थीले बताए । 

‘ब्युरोमा उपस्थित गराएर सोधपुछ गर्दा अब उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन, कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिनेछु भनी लिखत कागज गर्नु भएकाले खोजी भएका बेला उपस्थित हुने गरी घटनाको अनुसन्धान भइरहेको छ,’ अवस्थीले भने । 

सामाजिक सञ्जाल र अन्य डिजिटल प्लाटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्यदृश्य सामग्री प्ररित गर्नेविरुद्धसमेत ब्युरोबाट निगरानी भइरहेको बताएको छ । नेपाल आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं. २ बाट उम्मेदवार छन् । २०७९ सालमा भएको निर्वाचनमा उनी स्वतन्त्रबाट त्यहीँ चुनाव लडेका थिए भने यसपालि राप्रपाबाट उम्मेदवार बनेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully