बालेन्द्रको स्वागतमा नेपालगन्ज विमानस्थलमा भिड

नेपालगन्ज विमानस्थलमा शाहको स्वागतका लागि शुभेच्छुक तथा समर्थकको भिड लागेको हो।

माघ १२, २०८२

रुपा गहतराज

Crowd at Nepalgunj Airport to welcome Balendra

नेपालगन्ज — सुदूरपश्चिमतर्फ जाने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह सोमबार दिउँसो नेपालगन्ज आइपुगेका छन्।

नेपालगन्ज विमानस्थलमा शाहको स्वागतका लागि हजारौँ शुभेच्छुक तथा समर्थकहरू उपस्थित भएका थिए।

पहिलो पटक नेपालगन्ज आएका शाहको स्वागतका लागि खगेन्द्र सुनारसहित स्थानीय नेता, कार्यकर्ता  विमानस्थलमा उपस्थित थिए।  

शाह नेपालगन्जबाट बर्दियातर्फ प्रस्थान गर्ने कार्यक्रम अनुसार सोमबार दिउँसो बर्दियाको गुलरिया बजारस्थित राधाकृष्ण चोकमा पुग्ने कार्यक्रम रहेको छ। गुलरियामा छोटो भेटघाटपछि उनी बर्दिया हुँदै सुदूरपश्चिमतर्फ जाने कार्यक्रम तय भएको छ।

शाहको यो भ्रमणलाई लिएर बाँके र बर्दियामा राजनीतिक चासो बढेको छ भने समर्थकहरू उत्साहित देखिएका छन्।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully