निर्वाचन सुरक्षामा खटिँदैछन् ७५ हजार ४ सय ९७ प्रहरी

प्रहरी कर्मचारीहरूले उम्मेदवारहरूसँग तस्बिर तथा भिडियो खिच्न र त्यस्ता सामग्री लाइक, सेयर वा पोस्ट गर्न निषेध गरिएको छ - प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले

माघ १२, २०८२

कान्तिपुर संवाददाता

75,497 police officers deployed for election security

What you should know

काठमाडौँ — आसन्न निर्वाचनका लागि नेपाल प्रहरीले ७५ हजार ४ सय ९७ जना प्रहरी परिचालन गर्ने भएको छ।

काठमाडौँ पोस्टसँगको कुराकानीमा प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरी कर्मचारीलाई विभिन्न भूमिकामा परिचालन गरिने जानकारी दिए। उनका अनुसार मोबाइल गस्ती, रिजर्भ बल, निगरानी तथा कमान्ड सेन्टर सञ्चालनजस्ता भूमिका रहनेछन्।

75,497 police officers deployed for election securityप्रवक्ता काफ्लेले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीले सुरक्षामा खटिने प्रहरीलाई सहयोग गर्ने बताउँदै करिब २ लाख जनशक्ति निर्वाचनमा परिचालन हुने जानकारी दिए। निर्वाचन सुरक्षाका विषयमा केन्द्रित प्रश्नमा काफ्लेले आन्दोलनका क्रममा हराएका वा लुटिएका हतियार फिर्ता गर्न विशेष टास्क फोर्स परिचालन गरिएको र अधिकांश लुटिएका हतियार तथा फरार अपराधीहरू हाल नियन्त्रणमा रहेको बताए। उनले भने, ‘हामीले यकिन सूचनाका आधारमा शंकास्पद क्षेत्रमा छापा मारेका छौँ। फरार कैदीहरूको विस्तृत विवरण र ठेगाना प्रत्येक प्रहरी चौकी र स्थानीय नगरपालिकामा पठाइएको छ। सुरक्षा संयन्त्रलाई यो काममा केन्द्रित गरेका छौँ, ताकि निर्वाचनमा यस्ता तत्वहरूले खतरा बढाउन नसकून्।’

काफ्लेले प्रहरीसँग रहेका ६ सय ९४ साना सवारी, ४२ ठूला सवारी र २ हजार ६ सय २८ मोटरसाइकल रहेको बताए। उनले भने, ‘हामीलाई थप १ हजार ४ सय ८२ साना सवारी, १ सय ३२ ठूला सवारी र ४ सय १७ मोटरसाइकल आवश्यक छन्। त्यसका लागि हामी सरकारले र निर्वाचन आयोगसँग मिलेर स्थापित प्रोटोकलअनुसार निजी तथा सार्वजनिक क्षेत्रका सवारी उपलब्ध गराउन अनुरोध गरिरहेका छौँ।’

प्रवक्ता काफ्लेले कतिपय क्षेत्रमा चुनाव केन्द्रित झडप र तनावका घटना भएको उल्लेख गर्दै राजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा स्थानीय प्रशासन, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा एजेन्सीबीच त्रिपक्षीय समन्वय स्थापित गर्ने काम भइरहेको बताए। उनले भने, ‘हामी पुराना विधिभन्दा फरक, आधुनिक तरिकाले भीड व्यवस्थापन रणनीतिमा केन्द्रित छौँ।’

हामीले इ–मनिटर नामक सफ्टवेयर प्रयोग गरेर मिथ्या सूचना, अफवाह र घृणाजन्य भाषाको पहिचान गर्छौँ-प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेउनले सामाजिक सञ्जालबाट फैलिने अफवाह र घृणाजन्य सामग्री नियमन गर्न पनि प्रहरीले काम गरिरहेको बताए। निर्वाचन अवधिका लागि जिल्ला स्तरसम्म साइबर सेल स्थापना गरिएको जानकारी दिँदै उनले भने, ‘हामीले इ–मनिटर नामक सफ्टवेयर प्रयोग गरेर मिथ्या सूचना, अफवाह र घृणाजन्य भाषाको पहिचान गर्छौँ।’ निर्वाचन आयोगसँग समन्वय गरी जनतालाई भ्रमित पार्ने उम्मेदवार वा कार्यकर्ताको पहिचान गर्ने काम पनि भइरहेको उनले बताए।

प्रवक्ता काफ्लेले प्रहरी कर्मचारीहरूले उम्मेदवारहरूसँग तस्बिर तथा भिडियो खिच्न नपाइने र त्यस्ता सामग्री लाइक, सेयर वा पोस्ट गर्न निषेध गरिएको बताए। उनले भने, ‘हामीसँग स्पष्ट दिशानिर्देश छन्। प्रहरी नियमावली २०७१, मिडिया नीति २०६० र २०७७ को आचारसंहिताले प्रहरी कर्मचारीलाई कुनै पनि असम्प्रदायिक व्यवहार गर्न रोक लगाएको छ, जसमा राजनीतिक उम्मेदवारसँग फोटो खिच्नु, लाइक/सेयर/पोस्ट गर्नु पनि समावेश छ। मातहतका सबै कार्यालयमा परिपत्र जारी गरिएको छ। यस्ता कार्यमा संलग्न हुनेलाई विभागीय अनुशासनात्मक कारबाही हुनेछ। हामी कर्मचारीको डिजिटल फुटप्रिन्टको निगरानी पनि गरिरहेका छौँ।’

कान्तिपुर

Link copied successfully