रुकुम पूर्व र पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सघाउने र कर्णाली प्रदेशका हुम्ला, जुम्लाबाहेकका जिल्ला तथा साविक राप्ती अञ्चलका जिल्लामा एमाले उम्मेदवारको पक्षमा प्रलोपाले मत माग्ने उल्लेख गरिएको छ।
रुकुम पश्चिम — एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्यको सहमति भएको छ।
जसअनुसार रुकुम पूर्व र पश्चिममा एमालेका उम्मेदवारले प्रलोपाका उम्मेदवारलाई सघाउने र कर्णाली प्रदेशका हुम्ला, जुम्लाबाहेकका जिल्ला तथा साविक राप्ती अञ्चलका जिल्लामा एमाले उम्मेदवारको पक्षमा प्रलोपाले मत माग्ने उल्लेख गरिएको छ।
एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाका तर्फबाट अध्यक्ष दुर्गा सोवद्वारा हस्ताक्षरित सहमतिपत्र अनुसार अब रुकुम पश्चिम एमालेका प्रत्यक्ष तर्फका उम्मेदवार नन्दराम देवकोटा र पूर्वमा लिलामणि गौतमको उम्मेदवारी निष्क्रिय हुनेछ र एमालेका मतदाताहरुले पश्चिममा प्रलोपाका जनार्दन शर्मालाई र पूर्वमा प्रलोपाकै सन्दीप पुनलाई आाखा चिन्हमा मतदान गर्नुपर्नेछ ।
सहमति–पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । जनार्दन शर्मा तिनै उम्मेदवार हुन् जो २०६४ सालयताका सबै निर्वाचनमा तत्कालीन माओवादीबाट जित हात पार्दै आएका छन् । तर पछिल्लोपल्ट माओवादीले बिभिन्न दलसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेपछि शर्मा उक्त एकतामा नगई प्रलोपा गठनको प्रक्रियामा लागेका हुन् ।
