रेशम चौधरीको रिटमा सर्वोच्चले मगायो चार मिसिल 

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि छलफलमा बाोलाएको छ । तर चौधरीले सुरुमै अन्तरिम आदेशको माग गरेका थिए ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Supreme Court seeks four copies of Resham Chaudhary's writ petition

What you should know

काठमाडौँ — सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा चार वटा फाइल अर्को सुनुवाइमा पेस गर्न आदेश गरेको छ ।  

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि छलफलमा बाोलाएको छ । तर चौधरीले सुरुमै अन्तरिम आदेशको माग गरेका थिए । 

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेको हो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित १५ गते हुन भनिएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए । टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।

यी हुन् सर्वोच्चले मागेका चार फाइल 

(क) पुनरावेदक रेशमलाल चौधरीसमेत वि. नेपाल सरकार भएको कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा नं. ०७७-CR-१०७५, मिति २०८०/२/२ मा भएको फैसलासहितको मिसिल अवलोकनार्थ पेस गर्नू ।

(ख) रिट निवेदक रेशमलाल चौधरी र विपक्षी निर्वाचन आयोगसमेत भएको यसै अदालतमा विचाराधीन रहेको ०८०-७०-१०४० को निवेदनसहितको फाइल अवलोकनार्थ पेश

गर्नू ।

(ग) निवेदक शारदा कडायत वि. राष्ट्रपतिको कार्यालयसमेत भएको ०७९-WO-१३३७ को निवेदनसहितको फाइल अवलोकनार्थ पेस गर्नू ।

(घ) निवेदकको उम्मेदवारी खारेज गर्नेसम्बन्धी निर्वाचन अधिकृतको कार्यालय, कैलालीको मिति २०८२/१०/८ को प्रमाणित प्रतिलिपि/निर्णय पेस गर्नू ।

कान्तिपुर

Link copied successfully