पदयात्रा र पर्वतारोहणमा हुने ‘फेक रेस्क्यु’बारे छानबिन गर्दै सीआईबी

प्रारम्भिक जाँचपछि केही व्यक्ति पक्राउ परेका छन् ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

CIB investigating 'fake rescues' in trekking and mountaineering

काठमाडौँ — पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको ‘फेक रेस्क्यु’बारे प्रहरीले अनुसन्धान थालेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक जाँचपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए । ‘अहिले पनि अपरेसन चलिरहेको छ, यसबारे साँझ ५ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं,’ ती अधिकृतले भने ।

सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले पनि फेक रेस्क्युको अनुसन्धानबारे प्रगति विवरण जानकारी गराउन पत्रकार सम्मेलन राखिएको बताए । 

कान्तिपुर

Link copied successfully