देशभरका सातवटै तालिम शिक्षालय मध्येबाट कुरिनटारका समादेशक (प्रमुख) भरत खनियाँलाई अवार्ड प्रदान गरिएको हो ।
काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ ।
सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र कुँवरलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा वाहिनी अवार्ड प्रदान गरे ।
सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण, आन्तरिक प्रशासनिक, राजस्व संकलन, भन्सार छली नियन्त्रणलगायत कामको मूल्यांकनबाट उक्त बाहिनी उत्कृष्ट घोषित भएको हो ।
विपद् व्यवस्थापन तथा खोज/उद्धारमा उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै सशस्त्र प्रहरीले २५ औं स्थापना दिवसकै अवसरमा सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई ‘रनिङ अवार्ड’ प्रदान गरिएको छ ।
देशभरका सातवटै तालिम शिक्षालय मध्येबाट कुरिनटारका समादेशक (प्रमुख) भरत खनियाँलाई अवार्ड प्रदान गरिएको हो ।
यसैगरी सशस्त्र प्रहरी दिवसकै अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले यो वर्षको ‘सशस्त्र प्रहरी लाइफटाइम अचिभमेन्ट अवार्ड’ अवकाशप्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक महेन्द्र भट्टचनलाई प्रदान गरिन् ।
