गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र गोरखा–१ का गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन्।
गोरखा — प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको छ।
गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र गोरखा–१ का गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन्।
निर्वाचन आयोगले तोकेको अवधि शुक्रबार दिउँसो १ बजेसम्म दुवै जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए।
अब गोरखा–१ मा कांग्रेसबाट प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सुधन गुरुङ, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, एमालेबाट रामचन्द्र लामिछाने, नेकपा माओवादीबाट विष्णुप्रसाद रिजाल, नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगर, नेपाल मजदुर किसान पार्टीबाट मनुकुमारी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केदारमणि खनाल, मंगोलनेशलन अर्गनाइजेशनबाट देवबहादुर थापा र संयुत्त नागरिक पार्टीबाट जितबहादुर घले उम्मेदवार छन् ।
त्यस्तै, गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट कवीन्द्र बुर्लाकोटी, नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने, आम जनता पार्टीबाट कल्पना कुमाल, नेकपा माओवादीबाट टेकबहादुर प्रधान, मंगोल नेशलन अर्गनाइजेशनबाट सोमबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टी रामशरण बुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, एमालेबाट मिलन गुरुङ, नेशन रिपब्लिक नेपालबाट प्रसाद गुरुङले उम्मेदवारी दिएका छन् । त्यस्तै, चुडाप्रसाद ढकाल रहरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
