दल विशेषको सासंद भन्दा सबैको चाहना बमोजिम अभिभावक बन्न उम्मेदवारी फिर्ता लिएँ: बाबुराम भट्टराई

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएपछि सामाजिक सञ्जाल फेसबुक लाइभबाट भट्टराईले बाहिरै रहेर दलहरुलाई सघाउने बताए।

माघ ९, २०८२

हरिराम उप्रेती

I withdrew my candidacy to become a guardian rather than a member of a particular party: Baburam Bhattarai

गोरखा — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसदीय निर्वाचनमा सहभागी भएर संसद मात्र हुनु भन्दा सबैको चाहना वमोजिम अभिभावकबन्न उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएपछि सामाजिक सञ्जाल फेसबुक लाइभबाट भट्टराईले बाहिरै रहेर दलहरुलाई सघाउने बताए।

‘मुलक तीब्र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु जरुरी छ, यस्तो अवस्थामा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबै साथीको चाहना बमोजिम बाहिर रहेर दलहरुलाई  सघाउने, आवश्यक पर्दा देशको विभिन्न रुपको अभिभाव बन्नु उपयुक्त हुन्छ ठानेर उम्मेदवारी फिर्ता लिएँ,’ उनले भनेका छन् ।

आगामी दिनमा पनि राजनीतिक दल, अग्रगामी दलले चाहे अनुसार सहयोग गर्ने उनको भनाई छ । ‘अग्रगामी दलले चाहे अनुसार नै सहयोग गर्न लागिरहने प्रतिवद्धतना जनाउँछु,’ उनले भने ।

भोली बन्ने सकारलाई विभिन्न ढंगले सल्लाह सुझाव दिएर भूमिका निर्वाह गर्दा पनि उपयुक्त हुने लागेर उम्मेदवारी फिर्ता लिएको पनि उनले बताए । 

भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट गोरखा २ मा उम्मेदवारी दिएका थिए। उनीसँगै प्रलोपाबाट गोरखा–१ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully