निर्वाचन प्रहरीको परीक्षा 

परीक्षामा उत्तीर्ण हुनेले १५ माघमा नियुक्ति पाउनेछन् ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Election Police Exam

काठमाडौँ — निर्वाचन प्रहरीमा भर्ती हुन दरखास्त दिएकाहरू बुधबार गोरखाको छेवेटारस्थित खेलकुद मैदानमा लिखित परीक्षा दिँदै ।

गोरखामा २२ सय ८३ निर्वाचन प्रहरी आवश्यक रहेकामा १९ सय ६४ ले मात्र आवेदन दिएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि देशभर १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी नियुक्ति गर्ने सरकारको तयारी रहेकामा करिब २ लाख आवेदन परेको छ ।

परीक्षामा उत्तीर्ण हुनेले १५ माघमा नियुक्ति पाउनेछन् । उनीहरूलाई १० दिन आधारभूत तालिम दिएर २५ माघदेखि कार्यक्षेत्रमा खटाइनेछ ।

उनीहरूले नेपाल प्रहरी र सशस्त्रका जवानसरहकै तलब, लत्ताकपडा तथा रासन भत्ताको सुविधा पाउनेछन् । निर्वाचन प्रहरीलाई २५ फागुनमा बिदाइ गरिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully