राप्ती राजमार्ग हर्नेटी–कपुरकोट सडक खण्डमा दैनिक ५ घन्टा यातायात सेवा बन्द 

सडक बन्दको समयमा बैकल्पिक मार्ग पैयाखोरिया–साताबास–किमुचौर–कपुरकोट, तुलसिपुर–बल्ले–लुहाम र लुहाम–कालिमाटी–तुलसिपुर सडक प्रयोग गर्न यात्रु तथा गाडी ब्यवसायलाई आग्रह गरिएको छ ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Transport services on the Harneti-Kapurkot road section of Rapti Highway closed for 5 hours daily

काठमाडौँ — राप्ती राजमार्ग अन्तर्गत हर्नेटी–कपुरकोट सडक खण्ड स्तरबृद्धिको लागि बिहिबारदेखि दैनिक ५ घन्टा यातायात सेवा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय दाङ्गले सुचना प्रकाशन यातायात सेवा बन्द गरेको हो । 

सुचना अनुसार माघ २५ गतेसम्म दैनिक ११ बजेदेखि बेलुकी ४ बजेसम्म सडक बन्द रहनेछ । कार्यालयले सडक बन्दको समयमा बैकल्पिक मार्ग पैयाखोरिया–साताबास–किमुचौर–कपुरकोट, तुलसिपुर–बल्ले–लुहाम र लुहाम–कालिमाटी–तुलसिपुर सडक प्रयोग गर्न यात्रु तथा गाडी ब्यवसायलाई आग्रह गरेको छ । बन्दका कारण दाङ्ग,सल्यान, रुकुम र रोल्पाका स्थानीय प्रभावित भएका छन् । 

हर्नेटी देखि कपुरकोटसम्म सडक कालोपत्रे गर्नका लागि कटिङ्गको काम भैरहेको र नियमित गाडी संचालनले गर्दा निर्माणको काम प्रभावित हुने भएपछि छिटो भन्दा छिटो काम सम्पन्न गर्नका लागि विहिबारदेखि माघ २५ गतेसम्मका लागि दैनिक ६ घन्टा यातायात सेवा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङ्गका प्रमुख दिपेन्द्र बहादुर बिष्टले बताए ।

निर्माणको काम चाडो सम्पन्न भए सल्यान–दाङ्ग–रोल्पा र रुकुमका स्थानीयलाई धेरै राहत हुने र जोखिम यात्रा गर्न नपर्ने उनले जानकारी गराए । 

कान्तिपुर

Link copied successfully