कांग्रेसले शुक्रबार सानेपामा बोलायो बैठक

उक्त बैठकबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी छ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Congress calls meeting in Sanepa on Friday

काठमाडौँ — विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको थियो । 

नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो। पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगई बाहिरनै बैठक राख्दै आएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। उक्त बैठकबाट सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी छ।

पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully