बोलेरोमा चालकसहित ३ जना सवार थिए । जसमध्ये सहचालक सर्लाही वरथवा नगरपालिका-१ का १७ वर्षका रोहन मण्डलको मृत्यु भएको हो ।
काठमाडौँ — मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२, सिमखोलामा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । त्यस्तै, २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विहिबार राति करिब १ बजेको समयमा भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा सर्लाहीबाट काठमाण्डौंतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ६७२१ नं.को कुखुरा लोड बोलेरो गाडी ब्रेक फेल भएको हो । उक्त गाडी अनियन्त्रित भएर सडकबाट करिब ७ मिटर तल खोल्सा खसेको थियो ।
बोलेरोमा चालकसहित ३ जना सवार थिए । जसमध्ये सहचालक सर्लाही वरथवा नगरपालिका-१ का १७ वर्षका रोहन मण्डलको मृत्यु भएको हो । उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर अवस्थामा उपचारको लागि काठमाडौ मेडिकल कलेज लगिएको थियो ।
दुर्घटनामा अर्का सहचालक सोही स्थानका १६ वर्षका र सवारी चालक २५ वर्षका रामवली साह घाइते भएका छन् । प्रहरीका अनुसार छोटेको कम्मरमा चोट लागेको छ । घाइते दुबैजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
