‘अझै क्यानको कार्यकाल बाँकी रहेकाले आफूले समय व्यवस्थापन गरेर काम गर्न सक्ने भएकाले पद नछोडेको हुँ,’ उनले भने, ‘समय व्यवस्थापन गर्न नसक्ने भए जिम्मेवारी हस्तान्तरण गरिहाल्छु ।’
बैतडी — नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गृहजिल्ला बैतडीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उम्मेदवारी दर्तापछि उनले क्यानको पद के गर्लान् भन्ने जिज्ञासा सबैतिर छ । समय व्यवस्थापन गरेर काम गर्न सकिने भएकाले तत्कालै अध्यक्ष पद नछोड्ने चन्दले बताए ।
‘अझै क्यानको कार्यकाल बाँकी रहेकाले आफूले समय व्यवस्थापन गरेर काम गर्न सक्ने भएकाले पद नछोडेको हुँ,’ उनले भने, ‘समय व्यवस्थापन गर्न नसक्ने भए जिम्मेवारी हस्तान्तरण गरिहाल्छु ।’
अहिले पनि कांग्रेस बैतडी सभापति रहेका चन्दले पार्टी र क्यान दुवैको काम सँगसँगै गरेको बताए । चन्दले दोस्रोपटक क्यान अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। चन्द ०७६ मा पहिलोपटक क्यान अध्यक्षमा निर्वाचित भएका थिए भने ०८० सालमा दोस्रोपटक निर्विरोध अध्यक्ष भएका हुन् ।