दोलखामा ३३ जनामध्ये ४ जनामात्रै महिला उम्मेदवार

१९ जनाले दिए स्वतन्त्र उम्मेदवारी

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Only 4 out of 33 candidates in Dolakha are women

दोलखा — दोलखामा आसन्न फागुन २१ गतेको प्रतिनिधि  सभा निर्वाचनमा ३३ जनाको उम्मेदवारी परेको छ । यसमध्ये महिला चारजनामात्रै छन् ।

नेपाल मजदुर किसान पार्टीबाट बिमला श्रेष्ठ उम्मेदवार छिन् । त्यस्तै, शर्मिला फुयाल, संगिता श्रेष्ठ र रमिला सार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य युवा नेता अजयबाबु शिवाकोटको उमेदवारी परेको छ । यस्तै, नेकपा एमालेबाट तेस्रोपटक पार्वत गुरूङ चुनावी  मैदानमा होमिएका छन् ।  यस्तै,  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट युवा नेता  विशाल खड्काले उम्मेदवारी दर्ता गरेका छन्  । राष्ट्रिय  स्वतन्त्र पार्टी(रास्वपा)बाट युवा ईन्जिनियर जगदिश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै  राष्ट्रिय प्रजातन्त्र  पार्टीबाट युवा नेता प्रविनकुमार थोकर र उज्यालो नेपालबाट निमा दोर्जी लामाले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, १९ जना स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार चरिकोटमा झाँकी, बाजागाजासहित दलहरूले मनोनयन दर्ता गरेसँगै चुनावी माहोल तातेको छ । मनोनयन दर्तालगत्तै दलहरू मतदाताको घरदैलो अभियानमा जुटेका छन् ।

कान्तिपुर

Link copied successfully