अमेरिकाबाट थप ८० जना नेपाली डिपोर्ट, नेपाल आइपुगे

डोनाल्ड ट्रमले राष्ट्रपतिको कार्यकाल सम्हालेयता सन् २०२४ जनवरी २० देखि मंगलबारसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ५ सय ४३ पुगेको छ ।

माघ ७, २०८२

मातृका दाहाल

80 more Nepalis deported from America arrive in Nepal

काठमाडौँ — अमेरिकाबाट थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ७९ पुरुष र १ महिला मंगलबार काठमाडौं आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौं ल्याएर छाडेको हो । 

डोनाल्ड ट्रमले राष्ट्रपतिको कार्यकाल सम्हालेयता सन् २०२४ जनवरी २० देखि मंगलबारसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ५ सय ४३ पुगेको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले मंगलबार डिपोर्ट भएर ८० जना नेपाल आइपुगेको र उनीहरुलाई सोधपुछ गराए छाडिएको बताए । 

उनीहरुसँग नेपालको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले समेत सोधपुछ एवं कागज गराएर छाडेको छ । 

डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लंघन गरेकालगायत रहेको विभागले जनाएको छ । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully