उनले यो निर्वाचन संविधान र लोकतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध जनताले मत अभिव्यक्त गर्ने अवसर भएको बताएका छन् ।
दाङ — एमाले महासचिव शंकर पोखरेलले यो सामान्य निर्वाचन नभई ‘जनमत संग्रह’ भएको बताएका छन् ।
मनोनयन दर्ताका क्रममा मंगलबार सामाजिक सन्जालमार्फत सन्देश लेख्दै उनले यो निर्वाचन हिंसाको विरुद्ध शान्ति, अराजकताको विरुद्ध अनुशासन र विध्वंसको विरुद्ध निर्माणको जनमत संग्रह भएको बताएका छन्।
उनले यो निर्वाचन संविधान र लोकतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध जनताले मत अभिव्यक्त गर्ने अवसर भएको बताएका छन् । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षड्यन्त्रहरू परास्त गर्ने संकल्प गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
उनले केहीबेरमा घोराहीस्थित निर्वाचन आयोगको कार्यालयमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गर्दैछन् ।
