सर्वोच्चमा कांग्रेस विवादमाथिको बहस सकियो, केहीबेरमा आदेश आउँदै 

देउवा पक्षको एकतर्फी बहस भएकाले के आदेश हुनेमा चासाे रहेको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

The debate on the Congress dispute in the Supreme Court has ended, the order will be issued shortly.

काठमाडौँ — सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ ।

न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा रिटमाथि बहस सकिएकाले केही समयपछि आदेश आउनेछ । 

शेरबहादुर देउवासमेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो । 

खम्मबहादुर खाती, रमेश बडाल, शेरबहादुर केसी, एगराज पाेखरेल र प‌ंकज कर्ण लगायतले बहस गरेका थिए । देउवा पक्षको एकतर्फी बहस भएकाले के आदेश हुनेमा चासाे रहेको छ । 

गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यसविरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो ।

आयोगले नवनिर्वाचित कार्यसमितिलाई नै वैधानिकता दिएको थियो । त्यसविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully