उम्मेदवारी दर्तापछि भूपदेव शाहको प्रतिक्रिया- 'अछामी जनताले दशकौं देखिको खेप्दै आएको अपमानको हिसाब किताब गर्ने बेला आएको छ ।'
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाहले अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
रास्वपा सहमहामन्त्रीसमेत रहेका शाहले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि शाहले भनेका छन्, 'अछामी जनताले दशकौं देखिको खेप्दै आएको अपमानको हिसाब किताब गर्ने बेला आएको छ ।'
शाह काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाहका स्वकीय सचिव थिए ।
