रास्वपाबाट रञ्नु दर्शनाले काठमाडौं–१ मा उम्मेदवारी दर्ता गराएकी छन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रञ्जु दर्शनाले काठमाडौं–१ मा उम्मेदवारी दर्ता गराएकी छन् ।
आफू गर्भवती भएपनि पार्टी र परिवारबाट साथ सहयोग पाएकी हुँदा निर्वाचनमा होमिएको मनोनय दर्ता गराएपछि कान्तिपुरसँग कुराकानी गर्दै भनिन्, 'महिला भएपछि हुने यो सामान्य प्रक्रिया हो । यो नयाँ कुरा हैन । बच्चा भइहाले पनि हाम्रो टिमको साथ रहन्छ ।' उनका अनुसार उनको गर्भमा साढे ८ महिनाको बच्चा छ । आफू अहिले पनि नियमित चिकित्सकको सम्पर्क र परामर्शमा रहेको उनले बताइन् ।
यसअघि उनको नाम पार्टीको समानुपातिक सूचीमा रहेपनि अन्तिममा पार्टीमै सल्लाह गरेर प्रत्यक्षमा लड्न लागेको बताइन् ।
यसअघि उनी २०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा पदका लागि चुनाव लडेकी थिइन् । तर विद्यासुन्दर शाक्यसँग उनी पराजित रहेकी थिइन् ।
