पौडेललाई अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकेको थियो
काठमाडौँ — जेनजी आन्दोलनको क्रममा काठमाडौंबाट फरार भएका एक कैदीलाइ सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका हरिवन नगरपालिका–८, बेताली बस्ने ३८ वर्षीय अमित भन्ने मिनबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
पौडेललाई अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकेको थियो । उनले आठ वर्ष छ महिना कैद भुक्तानीसमेत गरिसकेका छन् ।
