सापकोटाले जनताको विश्वास, विकास र सुशासनका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइने बताए ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका माधव सापकोटाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
निवर्तमान सांसदसमेत रहेका सापकोटाले मंगलबार निर्वाचन अधिकृतको कार्यलय, सिन्धुपाल्चोकमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
सापकोटाको प्रस्तावक उजारसिंह तामाङ र समर्थक सिंगबहादुर विक रहेका छन् । मनोनयन दर्तापछि उनले जनताको विश्वास, विकास र सुशासनका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइने बताए ।
२०७९ को निर्वाचनमा सापकोटा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए ।
