नेकपाका सहसंयोजक माधवकुमार नेपालले साहलाई नेकपा प्रवेश गराएका हुन् ।
काठमाडौँ — एमालेका नेता किरणकुमार साह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाएपछि साह नेकपा प्रवेश गरेका हुन् ।
साहलाई नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । नेकपा प्रवेश गरेसँगै साहले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
साह २०७९ को चुनावमा स्वतन्त्र सांसद निर्वाचित भएका थिए । त्यसपछि एमाले प्रवेश गरेका उनी संसदीय समितिको सदस्यसमेत बनेका थिए ।
