लामो समयदेखि श्रमजीवी पत्रकारको अधिकारका लागि लड्दै आएका जन्मदेव जैसीले भक्तपुर-२ बाट उम्मेदवारी दिने भएका छन् ।
काठमाडौँ — लामो समयदेखि श्रमजीवी पत्रकारको अधिकारका लागि लड्दै आएका जन्मदेव जैसीले भक्तपुर-२ बाट उम्मेदवारी दिने भएका छन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट आज मनोनयन गर्दा गराउने भएका हुन् ।
'लामो समयदेखि पत्रकारिता, श्रमजीवीको हक–अधिकार र लोकतान्त्रिक संघर्षमा सक्रिय रहँदै आएको म आज एक जिम्मेवार निर्णयसहित तपाईंहरूमाझ आएको छु,' उनले सामाजिक सञ्जालमा भनेका छन्, 'म प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भक्तपुर–२ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दछु ।'
उनलाई प्रलोपाका सन्तोष परियारले टिकट हस्तान्तरण गरेका छन् ।
