सिन्धुपाल्चोकमा जंगबहादुर लामा र वंशलाल तामाङ कांग्रेसबाट उम्मेदवार 

क्षेत्र नम्बर १ मा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नाम चर्चामा आए पनि अन्तिम समयमा उनको नाम हटाइयो

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Jang Bahadur Lama and Vansh Lal Tamang are candidates from Nepali Congress in Sindhupalchowk.

सिन्धुपाल्चोक — नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नं. २ मा नेता वंशलाल तामाङलाई उम्मेदवार बनाएको हो । 

तामाङ कांग्रेसका पुराना नेता हुन् तथा इन्द्रावति गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् । क्षेत्र नं. १ मा यसअघि पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नाम चर्चामा आए पनि अन्तिम समयमा उनको नाम हटाइएको थियो ।

बस्नेत अघिल्लो संघीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । त्यस्तै,  समानुपातिकमा सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामा कांग्रेसको मनोनयनमा छन् । 

कान्तिपुर

Link copied successfully