टिकट वितरणमै अल्झिए गगन, वारेसमार्फत दर्ता गराउँदै छन् उम्मेदवारी

उनको साबिकको निर्वाचन क्षेत्रमा भने कांग्रेसले यसपटक सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Gagan gets stuck in ticket distribution, registers candidacy through Wares

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले साबिकको निर्वाचन क्षेत्र छाडेका छन् ।

उनी काठमाडौं-४ बाट संसदीय निर्वाचन लड्दै आएका थिए । सो क्षेत्रमा कांग्रेसले यसपटक सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ । सभापति थापा भने सर्लाही- ४ झरेका छन्  । 

देशैभरको टिकट वितरणमा व्यस्त रहेका थापा सर्लाही पुग्न ढिला हुने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ताको तयारी भइरहेको छ । उनले आफ्नो मञ्जुरीनामा पठाइसकेका छन् । 

काठमाडौं-४ बाट उम्मेदवार बनेका तिमिल्सिना युथ कंग्रेसका संस्थापक सभापति र स्थानीय बासिन्दा हुन् । उनी क्रिकेट कमेन्टेटर पनि हुन् ।

आजै मनोनयन दर्ता गरिसक्नुपर्ने भए पनि कांग्रेस केही क्षेत्रको उम्मेदवार टुंग्याउन सकेको छैन ।

कान्तिपुर

Link copied successfully