उद्योगपति चौधरी २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
काठमाडौँ — पश्चिम नवलपरासीमा नेपाली कांग्रेस उम्मेदवार तय गरेको छ । क्षेत्र नम्बर १ मा बिनोद चौधरी र क्षेत्र नम्बर २ मा देबेन्द्र राज कंडेलले टिकट पाएका छन् ।
उद्योगपति चौधरी २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा टिकटको आकांक्षी रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेसका महामन्त्री बिक्रम खनाल केही समयअघि रास्वपा प्रवेश गरेका थिए । उनले रास्वपाबाट टिकट पाएका छन् । नेपा एमाले ,नेपाली कम्युनिस्ट पार्टी , राप्रपा लगायतका दलले पनि उम्मेदवार टुङ्याइसकेका छ्न् ।
क्षेत्र नम्बर २ मा कांग्रेसको उम्मेदवार रहेका कंडेल गत निर्वाचनमा राप्रपाका ध्रुब बहादुर प्रधानसँग पराजित भएका थिए ।
