मन्त्रीबाट राजीनामा दिनुअघि पुनले राष्ट्रिय-अन्तर्राष्ट्रिय पदक सरकारलाई दान दिए

यी पदक बेचेर राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्ज कृषि औजार कारखानामा लगानी गर्ने योजना बनाए पनि कसैले नकिनेको उनको भनाइ छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Before resigning as minister, Pun donated national and international medals to the government.

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिनुअघि महावीर पुनले आफूलाई प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक सरकारलाई दान दिएका छन् । 

पुनले सामाजिक सञ्जालमार्फत मंगलबार ती पदक सरकारलाई दान दिएको जानकारी सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, 'मैले पाएको सम्पूर्ण अन्तर्राष्ट्रिय र राष्ट्रिय पदकहरू नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवज्यूमार्फत दान गरियो ।'

आफूलाई प्राप्त पदक बेच्न चाहे पनि कसैले नकिनेपछि सरकारलाई दान दिएको पुनको भनाइ छ । 'यी पदकहरू बेचेर राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्ज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेको कुरा सबैलाई थाहा नै होला । तर ४ वर्षसम्म प्रयास गर्दा पनि कसैले किनेनन् । त्यसैले नेपाल सरकारको सम्पति भयो ।'

पुनले आफ्नो ठूलाकोट पोखराको २८ रोपनी जग्गा पनि बेचेर कृषि औजार कारखानालाई दान गर्न चाहेको लेखेका छन् । उक्त जग्गा बिक्री नभएको पनि उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully