साढे चारबजेसम्म २ हजार १७ जनाले गराए उम्मेदवारी दर्ता

आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ। उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

As of 4:30 PM, 2,017 people had registered their candidacies.

काठमाडौँ — निर्वाचन आयोगका अनुसार साढे चार बजेसम्म देशभर २ हजार १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशैभर उम्मेदवारी दर्ता हुँदैछ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ। उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ।

देशभर १ करोड ८९ लाख ३ हजार ५६ सय ८९ मतदाता छन् । १ सय ६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ । 

कान्तिपुर

Link copied successfully