निर्वाचनमा भारतबाट ५३८ सवारी साधन सहयोग

भारतले नेपालको आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ५३८ सवारी साधन अनुदान स्वरुप सहयोग गरेको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

538 vehicles provided by India for election

काठमाडौँ — भारतले नेपालको प्रतिनिधिसभा निर्वाचनमा ५३८ सवारी साधन अनुदान सहयोग गरेको छ । त्यस्तै, सुरक्षा निकायका लागि गैरघातक किसिमका भिड नियन्त्रण सामग्रीसमेत अनुदान स्वरुप सहयोग गरेको छ । अनुदानका सवारी साधनका जिप,ट्रकलगायत छन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भारतले सहयोग स्वरुप उपलब्ध गराएका सवारी साधनमध्ये पहिलो चरणमा करिब सय सवारी काठमाडौं आइपुगेको र अरु आउने क्रममा रहेको बताए । आइपुगेका सवारी साधन नेपालस्थित भारतीय राजदूतावासले मंगलबार गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेको छ । 

कान्तिपुर

Link copied successfully