इजरायलबाट नेपाल वायुसेवा निगमको न्यारोबडी विमान आज राति नेपाल फर्किँदै

‘लुम्बिनी’ नामक न्यारोबडी विमान पुस १४ गते इन्जिन प्रतिस्थापनका लागि इजरायलस्थित मर्मत केन्द्र आइएआइमा पठाइएको थियो।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Nepal Airlines Corporation's narrow-body aircraft from Israel is returning to Nepal tonight.

काठमाडौँ — काठमाडौं – नेपाल वायुसेवा निगमको न्यारोबडी विमान ‘लुम्बिनी’ आज (सोमबार) राति ९ बजे नेपाल आइपुग्ने भएको छ।

इजरायलबाट दुबई हुँदै ४० जना यात्रु लिएर विमान काठमाडौं आउनेछ।

निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठका अनुसार विमानको चालकदल हिजो नै इजरायल पुगिसकेको छ। ‘लुम्बिनी’ नामक न्यारोबडी विमान पुस १४ गते इन्जिन प्रतिस्थापनका लागि इजरायलस्थित मर्मत केन्द्र आइएआइमा पठाइएको थियो।

श्रेष्ठले भने, ‘विमानको मर्मत प्रक्रिया र बक्यौता भुक्तानी पूरा भइसकेको छ र आज राति नियमित उडानमार्फत काठमाडौं फर्कनेछ।’

निगमसँग हाल चार वटा जहाज छन् । दुई न्यारोबडी र दुई वाइडबडी ।

सम्बन्धित समाचार

निगममा बेथिति, दुवै न्यारोबडी ‘ग्राउन्डेड’

कान्तिपुर

Link copied successfully