सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव लड्नका लागि राजीनामा दिएका छन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Communications Minister Jagdish Kharel resigns

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्नका लागि राजीनामा दिएका छन् ।

उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

रास्वपाबाट ललितपुर-२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिएका हुन् । यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । माघ ६ प्रतिनिधिसभाका लागि उम्मेदवारी मनाेनयन गराउनु पर्ने भएकाले खरेलले आजै राजीनामा दिएका हुन् ।

Communications Minister Jagdish Kharel resigns

कान्तिपुर

Link copied successfully