रास्वपाको टिकटमा धादिङ १ बाट उम्मेदवार बनिन् आशिका तामाङ

यसअघि आशिका तामाङले काठमाडौं २ वा ९ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । राजनीतिभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवार बन्ने उनको भनाइ थियो ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Ashika Tamang becomes candidate from Dhading 1 on the Rashtriya Swayamsevak Sangh (RSS) ticket.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ १ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सामाजिक काममा संलग्न हुँदै आएकी तामाङलाई रास्वपाले उम्मेदवार बनाएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ १ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सामाजिक काममा संलग्न हुँदै आएकी तामाङलाई रास्वपाले उम्मेदवार बनाएको हो । 

यसअघि रास्वपाबाट चुनाव नलड्ने बताएकी थिइन् । उनले काठमाडौं २ वा ९ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । राजनीतिभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवार बन्ने उनको भनाइ थियो ।

'म विगत केही हप्तादेखि पछिल्लो राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थनमा थिएँ । यस क्रममा सम्बन्धित सम्पूर्ण सरोकारवालासँग प्रत्यक्ष संवाद गरेँ, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण सञ्चालन गरेँ, र विशेष गरी जेन-जीका भाइबहिनीहरूसँग उनीहरूको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे खुला छलफल भयो,' तामाङको भनाइ थियो, 'यी छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोणहरू पनि आए । म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्दछु । यिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु ।'

रास्वपा नेता गणेश पराजुलीले सोमबार तामाङलाई रास्वपाको केन्द्रीय कार्यालयमा टिकट हस्तान्तरण गरेकी हुन् ।

कान्तिपुर

Link copied successfully